
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा २१२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४२ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ४.०२ अंकले घटेर ४५५.६५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ मध्ये १२ उपसूचकको सेयर मूल्य घटेको छ भने १ वटा उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ११ अर्ब ७७ करोडको कारोबार भएको छ । आज ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर १ लाख २ हजार २८१ पटक खरिद बिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व