
काठमाडौं । अर्थ मन्त्रालयले “नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक” माथि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले “नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक” माथि सम्बन्धित सरोकारवाला निकाय तथा व्यक्तिहरूबाट राय तथा सुझाव माग गरेको हो ।
मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई समयानुकूल संशोधन तथा अद्यावधिक गर्ने उद्देश्यले “नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक” को मस्यौदा तर्जुमा गरिएको हो । उक्त विधेयकको मस्यौदामा सम्बन्धित सरोकारवाला निकाय तथा व्यक्तिहरूबाट राय तथा सुझाव प्राप्त गर्ने प्रयोजनका लागि विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रावधान बमोजिम सार्वजनिक सूचना समेत जारी गरिएको जनाएको छ ।
यस मस्यौदा सम्बन्धमा कुनै राय, सुझाव वा टिप्पणी भएमा, सात दिनभित्र अर्थात् फागुन ७ गतेसम्म अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको इमेल ठेगानाः ‘एफएसएमडी एट द रेट एमओएफ डटक जिओभि डट एनपी’ मा प्राप्त हुने गरी पठाइदिनुहुन अनुरोध गरिएको छ । साथै, विधेयकको मस्यौदा यस मन्त्रालयको वेबसाइट ‘डब्लु डब्लु डट एमओएफ डटक जिओभि डट एनपी’ बाट समेत प्राप्त गर्न सकिने बताइएको छ ।
केन्द्रिय बैंकको उद्देश्य र कार्यलाई केन्द्रिय बैंकको भूमिका सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य अवधारणा बमोजिम तादम्यता कायम गर्न, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गर्न, नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकीय तथा नियमन कार्यलाई थप प्रभावकारी बनाउन र आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्य, नेपाल राष्ट्र बैंकको चौथो रणनीतिक योजना (२०२२ – २०२६) तथा मौद्रिक नीतिमा उल्लेख भए बमोजिम नेपाल राष्ट्र बैंक ऐनमा समयानुकूल परिमार्जन तथा संशोधन गर्न आवश्यक भएको हुँदा उक्त विद्येयक तयार गरिएको सुझाव मागिएको राष्ट्र बैंकका अधिकारीहरुले बताए ।
केन्द्रीय बैंकको स्वायत्तता सुदृढीकरण, केन्द्रीय बैंकको उद्देश्य र कार्यक्षेत्रमा थप स्पष्टता र डिजिटल बैंक तथा डिजिटल मुद्राको अवधारणा ग्रहण र नियमनका लागि ऐन संशोधन आवश्यक रहेको बताइएको छ । जोखिममा आधारित सुपरिवेक्षण प्रणालीको प्रवद्र्धन, मुद्रास्फीति नियन्त्रणसम्बन्धी व्यवस्थाको सुदृढीकरण, संघीय संरचनाअनुरूप नेपाल राष्ट्र बैंकको भूमिका मिलान, अन्तर्राष्ट्रिय लेखा मापदण्डअनुरूप वासलात तथा प्रतिवेदन प्रणालीको आधुनिकीकरण र बैंक तथा वित्तीय संस्थाको फरफारख सम्बन्धी व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको कारण ऐन संशोधन आवश्यक रहेको बताइएको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै