
काठमाडौं । नेपाल वायु सेवा निगमले २०८२ असार मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । निगमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुई न्यारोबडी जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाईडबडी जहाजको आंशिक गरी असार मसान्तसम्मको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ ऋण भुक्तानी गरिएको जानकारी दिएको हो ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबड जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पुरा र दुई वाईडबडी जहाजको आंशिक गरी मिति २०८२ असार ३२ गते जम्मा रु.५३०,९५५, २८१ (त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी मात्र ) रकम भुक्तानी गरेको छ,नेपाल वायु सेवा निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
निगमले जहाज खरिद सम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्मको अवधिमा कुल७ अर्ब ९२ करोड १४ लाख ६३ हजार ३७६ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सवारी दुर्घटनामा चालककाे मृत्यु
मौलाकाली केबलकारको विशेष साधारणसभा आह्वान
महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट, निर्माण तीव्र गतिमा
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
२२ मेगावाटको सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री