
काठमाडौं । आइतबार सेयर बजार परिसूचक उच्च अंकले घटेर कारोबार बन्द भएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक ५४ दशमलव ६२ अंकले घटेको हो । यो अघिल्लो दिनको भन्दा २.०४ प्रतिशतले कम हो।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१४ दशमलव ६८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३० कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा १३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको दिन ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ०८ अंकले घटेर ४३९ दशमलव ६२ विन्दुमा पुगेको छ ।
परिसूचक उच्च अंकले घटेको दिन कारोबार रकममा भने केही सुधार देखिएको छ । अघिल्लो कारोबार दिन सेयर बजारमा ४ अर्ब ५६ करोड माथिको कारोबार भएको थियो । आज भने सेयर बजारमा ३१७ कम्पनीका १ करोड २३ लाख ७१ हजार २८० कित्ता सेयर ७२ हजार २६५ पटक खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा मिथिला लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि