
काठमाडौं । काठमाडौं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा(एमाले)का अजयक्रान्ति शाक्यले चार हजार पाँच सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले एक हजार चार सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले एक हजार तीन सय २८ मत प्राप्त गरेका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २४ उम्मेदवार प्रतिस्पर्धामा थिए।













समाचार
दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज
आइएमई लाइफको वित्तीय अवस्था : नाफामा सुधार, इपीएस सहित अन्य सूचकमा चमक
हिमालयन लाइफको नाफा ३१ करोड माथि, अन्य सूचक कस्ता ?
भन्सार कडाइले सार्थकता पाएकामा खुसी
काठमाडौँका यी ७ स्थानबाट हुँदै छ ग्यास वितरण, कुन ब्रान्ड कहाँ पाइन्छ ?
नेपाली सेनामाथि प्रहार सह्य हुँदैन : जेनजी अगुवा हमाल
एस.टी.सी. इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण
नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना
डलर, युरो र पाउण्डको मूल्य बढ्यो, अन्य कुन देशको विनियमरद कति ?