
काठमाडौं । ‘स्ट्रेट अफ होर्मुज’मा ट्याङ्करहरू ठोक्किएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरु गरेको छ । हर्मुज जलमार्गमा तीन व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरु गरेको हो । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दाबी गरेको बीबीसीको खबरमा उल्लेख छ ।
सोमबार र मंगलबार २४ घण्टाको अवधिमा हर्मुज जलमार्गमा ट्याङ्करहरू क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति नभएको खबरमा उल्लेख छ । एक अमेरिकी अधिकारीले यो आक्रमण इरानी आक्रमणको प्रतिक्रिया भएको बताएका छन् ।
यसैबीच इरानले अमेरिकी आक्रमणलाई गएको महिना हस्ताक्षर गरिएको अमेरिका–इरान ज्ञापनपत्रको उल्लङ्घन भनेका छन् र तेहरानले ‘निर्णायक कदम चाल्ने’ चेतावनी दिएको छ । यसअघि, इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजीसी)को नौसेनाले सोमबारराति ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कारबाही गरेको थियो ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम