
काठमाडौं । ‘स्ट्रेट अफ होर्मुज’मा ट्याङ्करहरू ठोक्किएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरु गरेको छ । हर्मुज जलमार्गमा तीन व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरु गरेको हो । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दाबी गरेको बीबीसीको खबरमा उल्लेख छ ।
सोमबार र मंगलबार २४ घण्टाको अवधिमा हर्मुज जलमार्गमा ट्याङ्करहरू क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति नभएको खबरमा उल्लेख छ । एक अमेरिकी अधिकारीले यो आक्रमण इरानी आक्रमणको प्रतिक्रिया भएको बताएका छन् ।
यसैबीच इरानले अमेरिकी आक्रमणलाई गएको महिना हस्ताक्षर गरिएको अमेरिका–इरान ज्ञापनपत्रको उल्लङ्घन भनेका छन् र तेहरानले ‘निर्णायक कदम चाल्ने’ चेतावनी दिएको छ । यसअघि, इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजीसी)को नौसेनाले सोमबारराति ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कारबाही गरेको थियो ।













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन