
काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ । यसले मध्यपूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ । अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दाबी गरिएको छ ।
इरानी आक्रमणको केही घण्टाअघि इजरायलले बेरुतको दहियेह क्षेत्रमा रहेका हेजबुल्लाहलक्षित हवाई आक्रमण गरेको थियो । अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दुई वटा आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने महिला र बालबालिकासहित २० जना घाइते भएका छन् । हेजबुल्लाहले इजरायली भूमितर्फ गोलीबारी गरेपछि त्यसको जवाफ स्वरूप आक्रमण भएको इजरायली पक्षले प्रतिक्रिया दिएको छ ।
हेजबुल्लाहले भने युद्धविरामको बारम्बार उल्लङ्घन गर्दै आएको इजरायलविरुद्ध जवाफी कारबाही स्वरूप इजरायली सैन्य अड्डा र सैनिकहरूलाई लक्षित गरेर रकेट प्रहार गरेको जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेकाे बीबीसीले जनाएको छ । पछिल्ला घटनाले इजरायल, इरान र हेजबुल्लाहबीचको द्वन्द्व थप फैलिने चिन्ता बढेको छ । विश्लेषकहरूका अनुसार बेरुतमाथिको पछिल्लो आक्रमणले अमेरिकाले मध्यस्थता गरेको युद्धविराम कमजोर बनाएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि