
काठमाडौं । शनिबार भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वशान्तिको कामना गर्दै विशेष पुँजा र दीप प्रज्वलन गरियो । मायादेवी मन्दिरमा आयोजित कार्यक्रममा प्रसिद्ध बौद्ध धर्मगुरु शाक्य गोंग्मा त्रिचेन रिन्पोछेले दीप प्रज्वलन गर्दै विश्वशान्तिका लागि प्रार्थना गरेका छन् ।
दीप प्रज्वलनपछिको कार्यक्रममा सम्बोधन गर्दै रिन्पोछेले लुम्बिनीबाट विश्वशान्तिका लागि प्रयास गर्नुपर्नेमा जोड दिए । उनले लुम्बिनीलाई केवल भगवान बुद्धको जन्मस्थलको रूपमा मात्र नभई, शान्ति र करुणाको केन्द्रका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा संविधानसभा सदस्य डा. ल्हारक्याल लामाले भगवान बुद्धको जन्मस्थलमा रिन्पोछेलाई स्वागत गर्न पाएकोमा आफ्नो खुसी व्यक्त गर्नुभयो। उहाँले लुम्बिनीले विश्वभरका मानिसहरूलाई शान्ति, सद्भाव, र आध्यात्मिक चेतनाको सन्देश दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
रिन्पोछेले आफ्नो सम्बोधनमा भगवान बुद्धको जीवनसँग सम्बन्धित चार प्रमुख पवित्र स्थलहरूको महत्त्वबारे चर्चा गर्नुभयो—लुम्बिनी (जन्मस्थल), बोधगया (ज्ञान प्राप्ति स्थल), सारनाथ (प्रथम धर्मदेशना), र कुशीनगर (महापरिनिर्वाण)। उनले यी चार स्थलहरूमध्ये लुम्बिनीमा जीवनमा एकपटक अवश्य भ्रमण गर्न सबैलाई प्रेरणा दिए ।
यो विशेष कार्यक्रमले लुम्बिनीको सांस्कृतिक, ऐतिहासिक, र आध्यात्मिक महत्त्वलाई प्रबर्द्धन गर्दै शान्ति र करुणाको सन्देश विश्वभर फैलाउने उद्देश्य राखेको छ ।













समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि