
काठमाडौं । आगामी वर्ष सन् २०२५ मा नेपालबाट साउदी अरबमा हज गर्न जाने इस्लाम धर्मावलम्वीहरुको खर्च घट्ने भएको छ । आगामी वर्षको हज यात्राको बसाई अवधि कटौती गरिएकाले खर्च घट्ने विश्वास गरिएको नेपाल हज समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
विगतमा हज गर्न जाने अवधि ४२ देखि ४५ दिन रहने गरेकोमा यस पटक भने यस अवधिलाई ३२ दिनमा छोट्याइएको नेपाल हज समितिको सदस्य सचिव झंकनाथ ढकालले बताए । ‘आफै हज गर्न जानु हुने इस्लाम धर्मावलम्वीहरुले २२ दिनमा हज गरेर फर्किएको अनुभव सुनाएका छन् । यस पटका लागि हज यात्रा अवधि ३२ दिन गरिएको छ । समय कटौती गर्दा पनि राम्रोसँग हज यात्र गर्न सकिने गत वर्षको हाम्रो अनुभवमा पनि देखिएको छ । समय घटाउँदा पनि राम्रोसँग हज यात्रा गर्न सकिन्छ । साथै यसबाट यात्रीको खर्च पनि बचत हुन्छ,’ ढकालले भने ।
गत वर्ष हज यात्रीसँग ४ लाख १५ हजार रुपैयाँ संकलन गरिएको थियो । त्यसमध्ये ३ लाख ९२ हजार ४०६ रुपैयाँ खर्च भएको उनले बताए । बाँकी उब्रेको रकम फिर्ता गर्नका लागि हज यात्रीहरुको बैंक खाता संकलन भइरहेको उनले जानकारी दिए । हज यात्रामा सबैभन्दा धेरै खर्च भनेको बस्ने र खानेमा हुन्छ । बसाई अवधि कटौती गर्दा खर्च घट्ने उनको विश्वास छ । हजका लागि साउदी सरकारसँगको सम्झौता र प्लेन भाडाका निर्धारण भए पनि मात्र यात्रा गर्न लाग्ने खर्चको अनुमान लगाउन सकिने उनले बताए ।
अर्को वर्षको हज यात्रा गर्न इच्छुकसँग समितिले आवेदन माग गरिसकेको छ। सन् २०२५ को हज यात्राका लागि साउदी सरकारले १ हजार २०० जना इस्लाम धर्मावलम्वीहरुको कोटा निर्धारण गरेको छ। उक्त कोटा भित्र रहने गरी हज गर्न इच्छुक नेपाल मुस्लिम धर्मावलम्वीहरुले नेपाल हज समितिको वेब साइटबाट हजा आवेदन भर्न सकिने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह