
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । हिन्दू विधी र परम्परा अनुसार पाँचदिन सम्म मनाईने भएकाले यमपञ्चक पनि भनिने यस चाड अन्तर्गतको पहिलो दिन आज काग तिहार हो ।
धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजागरी मीठा मीठा खानेकुराहरु दिई सत्कार गरिन्छ । यमराजले मत्र्यलोक अर्थात पृथ्वीको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।
कागलाई दहीअसाध्यै मनपर्ने भएकाले आजको दिन कागलाई दहीर भात खुवाएमा यमराजका सामु राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही र भात खुवाउने प्रचलन पनि रही आएको छ । आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । यसैगरी हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
धार्मिक कथनअनुसार दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससँग तिहार पर्वको सम्बन्ध गाँसिएको छ । वैदिक कालमा भगवान विष्णुले खुसी भई बलि राजालाई कार्तिक कृष्ण पक्षका अन्तिम ५ दिन तीनै लोकको राज्य भोग गर्न पाउने वरदान दिएको र यी ५ दिन बलि राजाले आफ्नो राज्यभरी दीपावली गरी झकिझकाउ पारेको कथासँग पनि तिहार पर्वको सम्बन्ध जोडिएको छ । यसो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बास गरी धन धान्यले भरिपूर्ण पारिदिन्छिन् साथै यमराज पनि खुसी हुन्छन् भनी भगवान विष्णुले बलि राजालाई वरदान दिएको कथा प्रचलित छ। त्यसैले प्राचिनकालदेखि नै तिहार चाडमा घर, आँगन सफा गरी, चारैतिर फूलमालाले झकिझकाउ पारेर दीप प्रज्वलन गर्ने प्रचलन छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा