
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । गत साता उल्लेख्य रुपमा बढेको बजार यो साताको पहिले दिन नै २ प्रतिशत भन्दा बढीले घटेर कारोबार बन्द भएको हो ।
आज सेयर बजारमा नयाँ सरकार बने पछिको पहिलो कारोबार दिन हो । नयाँ सरका बनेपछि बजारमा सकारात्मक अवस्था देखिने आशाका बीचमा सेयर बजारमा ७१.०५ अंकको गिरावट आएको हो । आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २८७९.११ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबार दिनको भन्दा २.४० प्रतिशतले कम हो ।
आज सेयर बजारमा २५६ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य बढेको छ । आज १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १२.९६ अंकले घटेर ४८९.४९ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
सेयर बजारमा उच्च अंकको गिरावट आएको दिन १५ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर १ लाख ९६ हजार १५८ पटक खरिद बिक्री हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक उच्च अंकले घटे पनि आज ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
सगरमाथा आरोहणसम्बन्धी वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन
‘विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्’
पर्वतमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण
काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु
वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
गरिमाको मुद्दालाई लिएर ममाथि ‘मिडिया ट्रायल’ गरियो : कानूनमन्त्री गौतम
फिफाले अर्जेन्टिनाका मिडफिल्डर लियान्ड्रो पारेदेसलाई १० खेलका लागि निलम्बित
रिमा प्रकरणमा रवि किरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’