
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबारको सेयर बजार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.६१ अंकले बढेर ४९०.१६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्यमा वृद्धि देखिएको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको बजारमा आज साढे ८ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर ९५ हजार ८३९ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार ३५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व