
काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा कर्जा १.७ गुणले बढेको जनाएको छ । राष्ट्र बैंकले विगत ५ वर्षमा घर जग्गा कर्जा १.७ गुणाले बढेको हो ।
केन्द्रीय बैंकका अनुसार घर जग्गा कर्जा १ खर्ब ६०.३६ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ७५.९६ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि वृद्धि प्रवृत्ति सहज भएको छैन । राष्ट्र बैंकले सोमबार ‘रियल स्टेट कारोबारको वर्तमान अवस्था तथा प्रवत्तिसम्बन्धी तथ्यांक’ प्रतिवेदन प्रकाशन गर्दै उक्त कुरा बताएको हो । प्रतिवेदन अनुरुप २०७८÷७९ को पहिलो त्रैमासिकमा घरजग्गा कर्जामा वार्षिक वृद्धि २४.५ प्रतिशत पुगेको थियो । विगत चार आर्थिक वर्षहरूमा, घरजग्गा कर्जाको औसत त्रैमासिक वृद्धि दर त्रैमासिक आधारमा २.७० प्रतिशत र वार्षिक आधारमा १२.४८ प्रतिशत रहेको छ ।

२०८१/८२ को चौथो त्रैमासिकमा रेकर्ड गरिएको वृद्धि औसतभन्दा कम थियो, जसले घरजग्गा ऋणको मागमा कमी आएको संकेत गर्दछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुले घर जग्गा कर्जा वितरण गर्दै आएको छ । ती संस्थाहरुले न्यूनतम २० लाख देखि कर्जा वितरण गर्दै आएको छ ।














समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन