
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले २ लाख ५८ हजार १८३ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
बैंकले सबैले खरीद गर्न पाउने गरी उक्त सेयर लिलामीमा राखेको हो । कम्पनीले सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ कायम गरेको छ । सेयर खरीद गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण सेयर माग गर्न सकिनेछ । यस्तो बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित सममार्गमा रहेको सानिमा क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा पाइनेछ भने सोही स्थानमा बुझाउन सकिनेछ । बोलपत्र वैशाख ८ गतेदेखि वैशाख १६ गतेभित्र पेश गरिसक्नु पर्नेछ ।
बिक्री अवधिभर परेका बोलपत्रहरू वैशाख १७ गते अपरान्ह ४ बजे सानिमा क्यापिटलको कार्यालयमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिने बैंकले जानकारी दिएको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह