
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई ईन्डियन्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा सनराइजर्सले मुम्बइलाई ६ विकेटले हराएको हो ।
वानखेडेमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो । मुम्बईका रायान रिकल्टनले अविजित १२३ रन बनाए पनि टोलीको जीतका लागि पर्याप्त भएन ।
२४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले १८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । हैदरावादका ट्रभिस हेडले ७६ तथा हेनरिक क्लासेनले अविजित ६५ रन बनाए । हैदरावाद तालिकाको तेस्रो स्थानमा छ भने मुम्बई तालिकाको नवौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले खेल्दैछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल