
काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी– २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटालीसँग खेल्दैछ । खेल मुम्बईको वाङ्खडे स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।
नेपाल आज इटालीविरुद्ध जित निकाल्दै सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको झिनो अन्तरले पराजित भएको थियो भने इटाली स्कटल्यान्डसँग पराजित भएको थियो । तेस्रोपटक विश्वकप खेलिरहेको नेपाली टोली यस अघिका दुई विश्वकपमा समूह चरणबाट बाहिरिएको थियो । सुपर ८ मा पुग्न हरेक टोलीले समूह चरणका चारमध्ये कम्तीमा दुई खेल जित्नुपर्ने हुनाले आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ ।
हेड टु हेड हेर्ने हो भने नेपाल र इटली हालसम्म टी–२० आईमा खेलेका छैनन् । यस अघि नेपालले सन् २०१३ को आईसीसी डिभिजन ३ मा इटलीसँग एकदिवसीय खेल खेलेको थियो । तर टी–२० नेपाल र इटली पहिलो पटक भिड्न लागेका हुन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह