
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर ( नेपाल’ बाट सम्मानित भएको छ। इन्डियन च्याम्बर अफ कमर्सद्वारा थाइल्यान्डको बैंककमा आयोजित भव्य समारोहका बीच यो पुरस्कार घोषणा गरिएको थियो।
आयोजकका तर्फबाट प्राप्त आधिकारिक ट्रफी र प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा हर्षोल्लासका साथ ग्रहण गरिएको छ। यो गरिमामय पुरस्कारले सिटिजन लाइफ इन्स्योरेन्सको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आम नागरिकमाझ जीवन बीमाको पहुँच पुर्याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको छ।
यस ऐतिहासिक सफलताको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, “आज यो ट्रफी र प्रमाणपत्र कम्पनीमा प्राप्त हुँदा हामी अत्यन्तै गौरवान्वित भएका छौँ। यो अन्तर्राष्ट्रिय सम्मान हाम्रा आदरणीय ग्राहक महानुभावहरूले हामीप्रति देखाउनुभएको अटुट विश्वास, हाम्रा प्रगतिका संवाहक अभिकर्ता साथीहरू र कर्मचारी वर्गको कडा परिश्रमको प्रतिफल हो। हामी यो पुरस्कार हाम्रा सम्पूर्ण सिटिजन परिवार र शुभचिन्तकहरूमा समर्पित गर्दछौँ।”
विगतका दिनहरूमा झैँ आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई अझ बढी सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै हरेक नेपालीको सुख(दुःखको सारथी बन्न सिटिजन लाइफ इन्स्योरेन्स प्रतिबद्ध रहेको छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह