
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.६२ अंकले बढेको २७८८.३६ को विन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार कित्ता सेयर किनेबच हुँदा ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन आठ उपसूचकमा हरियाली आएको छ भने ५ उपसूचकमा राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.६१ प्रतिशत, फाइनान्स समूहको ०.५५ प्रतिशतले सेयर मूल्य घटेको छ । बिहिबार १०८ कम्पनीको सेयरमूल्य बढेको छ भने १४१ कम्पनीको घटेको छ ।
आज पुनर्बीमा कम्पनीको सर्वाधिक ४७ करोड १७ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । एनआरएनको ४१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बलेफि हाइड्रोको ३६ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनआइसी एशिया फे्लेक्सी क्याप फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८.३१ प्रतिशतका दरले गुमाएका हुन् ।











समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै