
काठमाडौं । सर्वाेत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले यही जेठ २८ गते देखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई बाँडफाँट गरेसँगै अब आम सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा ८५ हजार कित्ता बाँडफाँड गरिसकेको छ ।
अब बाँकी सेयरमध्ये ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १७ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८८ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो । यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह