
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेर कारोबार बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले घटेको बजार आज भने १.९४ अंकले बढेर २८३२.०६ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ अंकले घटेर ४८७.५५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ । त्यस्तै एउटा परिसूचक स्थिर रहेको छ ।
परिसूचक सामान्य अंकले घटेको दिन कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ७ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर ९३ हजार १८५ पटक खरिद बिक्री हुँदा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह