सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि 

यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक बढेर कारोबार बन्द भएको छ । आज सेयर बजार ११.७७ अंकले बढेको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २६२९.८१ विन्दु पुगेको छ । आज सेयर बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ९५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्र्त ७ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.५५ अंकले बढेर ४६९.०१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको सेयर मूल्य घटेको छ । परिसूचक बढेको दिन कारोबार रकम भने घटेको छ ।

आज ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर ५१ हजार ७१६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर