
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि आवेदन माग गरेको छ । बैंकले एक सूचना जारी गरेर सीईआको लागि आवेदन माग गरेको हो ।
यसका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ । वा चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्न अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्ष काम गरेको हुनु पर्नेछ ।
‘क’ वर्गको बैंक तथा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा तीन वर्ष काम गरेको वा ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा ‘ख’ वर्गको जिल्ला÷प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा सात वर्ष काम गरेको हुनु पर्नेछ । उमेर ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनु पर्ने बैंकले जनाएको छ । परीक्षा अन्तर्वार्ता तथा व्यवसायिक प्रस्तावको प्रस्तुतीकरण हुनेछ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम