
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६० अङ्कले बढेर दुई हजार ६९४ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।
आज ३१४ कम्पनीको दुई करोड २० लाख ३१ हजार ८८१ कित्ता सेयर ८३ हजार १६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । विकास बैङ्क शून्य दशमलव २९, वित्त शून्य दशमलव १८, होटल तथा पर्यटन दुई दशमलव ३९, लगानी दुई दशमलव २८, जीवन बीमा शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।
बैङ्किङ शून्य दशमलव ५९, जलविद्युत् शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३८, लघुवित्त शून्य दशमलव १२, निर्जीवन बीमा शून्य दशमलव १६ र व्यापार शून्य दशमलव ३५ प्रतिशतले घटेको छ । आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र पिअर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ४५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ८७ करोड ४७ लाख ३८ हजार बराबरको २२ लाख दुई हजार ६७७ कित्ता शेयर किनबेच भएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू