
काठमाडौं । इजरायल र इरानले एक अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको घोषणा गरेका छन् । तर दुवै देशले युद्धविराम उल्लङ्घन भए पुनः कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हेजबुल्लाहविरुद्धको सङ्घर्ष अझै समाप्त नभएको उल्लेख गरेका छन् । इरानी सेनाले पनि अहिलेलाई सैन्य कारबाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ ।
बेरुतमा भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसको जवाफमा इजरायलले हिजो इरानभित्रका सैन्य संरचनालाई लक्षित गरी हवाई हमला गरेको थियो । यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताएका थिए ।
ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतान्याहुले आफ्नो आग्रह अवज्ञा नगरेको दाबी गर्दै दुवै पक्ष शान्ति सम्झौताको नजिक पुगेको बताएका थिए । ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपिल गर्दै जारी शान्ति वार्तालाई सफल बनाउन संयमता अपनाउन आग्रह गरेका छन् ।













समाचार
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
असम्भव भयो गगनको सर्वसम्मत बन्ने चाहना
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ: महासङ्घ
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
तीनकुने घटनामा आयोगको रिपोर्ट : सुरक्षा निकाय र प्रदर्शनकारी दुवैको कमजोरी
बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
दोहोरो वायुको प्रभाव कायमै : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर