
दार्जिलिङ । देश–विदेशमा छरिएर रहेका शेर्पा समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले Global Sherpa Meet 2026 आजदेखि भारतको दार्जिलिङ, सोनादा र लाभामा सुरु हुँदैछ। अक्टोबर ८ देखि १० तारिखसम्म आयोजना हुने अन्तर्राष्ट्रिय भेलामा विश्वका विभिन्न मुलुकमा रहेका शेर्पा समुदायका अगुवा, प्रतिनिधि, संघ–संस्था तथा शुभेच्छुकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
Global Sherpa Association को आयोजनामा तथा All India Sherpa Buddhist Association को स्थानीय सहकार्यमा हुन लागेको सम्मेलनले शेर्पा समुदायको एकता, सांस्कृतिक पहिचान, बौद्ध सम्पदा र आपसी सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।

तीनदिने कार्यक्रममा विश्वका विभिन्न स्थानमा रहेका शेर्पाबीच सम्बन्ध विस्तारसँगै मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा भावी पुस्तामा हस्तान्तरणका विषयमा छलफल हुने जनाइएको छ।

दार्जिलिङ, सोनादा र लाभालाई मुख्य कार्यक्रमस्थल बनाइएको सम्मेलनलाई विश्वभरका शेर्पाहरूको साझा जमघटका रूपमा हेरिएको छ। “All Sherpa, One Family – One Voice, One Vision” भन्ने मूल नाराका साथ आयोजना भइरहेको सम्मेलनले शेर्पा समुदायको विश्वव्यापी एकता र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।












समाचार
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
असम्भव भयो गगनको सर्वसम्मत बन्ने चाहना
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ: महासङ्घ
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
तीनकुने घटनामा आयोगको रिपोर्ट : सुरक्षा निकाय र प्रदर्शनकारी दुवैको कमजोरी
बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
दोहोरो वायुको प्रभाव कायमै : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर