
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
जसअनुसार शुक्रबार बिहान देशभर साधारणतया बादल लागेको छ भने बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा समेत भएको छ । यस्तै दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा वा हिमपात हुनसक्ने बताएको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।
यस्तै, शुक्रबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
यसैगरी, असार २० गते शनिबार पनि मौसममा खासै सुधार आउने देखिँदैन। शनिबार दिउँसो पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने तथा तराईमा आंशिक बदली हुने प्रक्षेपण गरिएको छ। सो दिन पनि देशका विभिन्न स्थानमा मध्यम वर्षा र हिमपातको क्रम जारी रहनेछ। शनिबार राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम पूर्णतया बदली हुनेछ।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै