
काठमाडौं । नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच आज बोर्डमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्ट लगायत बोर्डका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बोर्ड अध्यक्षले नेपाल सरकारले बजेट वक्तव्यमा गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन कानूनी व्यवस्थामा सुधार गर्ने कार्यक्रम तय गरे बमोजिम बोर्डको आ.व. २०८३।८४ मा पूँजी बजार नीतिमा समेत कार्यक्रम समाविष्ट गरी आवश्यक कार्य अगाडि बढाउने सन्दर्भमा छलफलको शुरूवात भएको विचार व्यक्त गरे ।
त्यस्तै गैर आवासीय नेपालीहरूले समुन्नत मुलुकहरूबाट सिकेको सीप, ज्ञान र पूँजी नेपालको पूर्वाधार विकासमा जोडने गरी व्यवस्था गर्न बोर्ड आवश्यक सहजीकरणका लागि तयार रहेको धारणा राखे । छलफलका क्रममा गैर आवासीय नेपालीका प्रतिनिधिहरूले नेपाल सरकार तथा बोर्डबाट भएको पहलबाट नेपालको धितोपत्र बजारमा गैर आवासीय नेपालीले लगानी गर्न सक्ने वातावरण निर्माण हुँदै गएको धारणा राखेका थिए।
सो क्रममा गैर आवासीय नेपालीका प्रतिनिधिहरूले नेपाल सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले सार्वजनिक निष्कासन मार्फत गैर आवासीय नेपाली तथा विदेशमा रहेका नेपालीलाई साधारण सेयर जारी गरी रकम संकलन गर्ने र सो रकम नेपालको भौतिक पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको बताए।
साथै, उक्त कम्पनीले भविष्यमा परियोजना विशेषका लागि ऋणपत्र (बण्ड तथा डिबेन्चर) मार्फत रकम संकलन गरी लगानी गर्ने योजना समेत रहेको बताउँदै आवश्यक कानूनी सुधारका लागि सहजीकरण गरिदिन बोर्ड समक्ष अनुरोध गरेका थिए।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै