
काठमाडौं । स्काईलाइन इन्फ्रा लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनी र हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच सेयर निष्कासन तथा बिक्री व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता स्काईलाइन इन्फ्रालाई नयाँ व्यावसायिक चरणमा प्रवेश गर्न र कम्पनीको विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
सम्झौताको हस्ताक्षरमा स्काईलाईन ईन्फ्राको तर्फबाट राजेश अग्रवाल (संस्थापक), सत्यनारायण केयल (संस्थापक), सुभाष अग्रवाल (संस्थापक, राजेश हार्डवेयर प्रालि), विनोद श्रेष्ठ (संस्थापक), प्रतीक अग्रवाल (अध्यक्ष), आकृति अग्रवाल (सञ्चालक), अंकुर भंगर अग्रवाल (सञ्चालक) र सञ्जय रौनियार (प्रमुख वित्त अधिकृत) तथा वडा कार्यालयको तर्फबाट सुशिल कुमार कानु (वडा अध्यक्ष, १० नं. वडा कार्यालय, बिरगञ्ज मनपा), सिद्धान्त कुन्कुन्वाला (मान्यता प्राप्त लेखापरीक्षक, सुभाष एण्ड कम्पनी) तथा कमलमोहन पोखरेल (कानूनी सल्लाहकार) ले प्रतिनिधित्व गरेका थिए ।
यस्तै हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व रहेको थियो । स्काईलाईन ईन्फ्रा लिमिटेड सरोवर पोर्टिको ब्राण्ड अन्तर्गत चारतारे होटलको रुपमा स्थापित रहेको छ । जसले बैंक्वेट हल, अन्तर्राष्ट्रिय चेन रेष्टुरेण्ट, स्विमिङ्ग पुल, स्पा, क्यासिनो, क्युएफएक्स सिनेमा हलको सेवा सुविधा प्रदान गर्दै आएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व