
बाँके। नेपालगन्ज भन्सार कार्यालयले चालूु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व संकलन गरेको छ।
चालू आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाखसम्म १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए।
उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका दुई महिनामा ३२ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती छ। भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुन सकेको छैन। तर, पछिल्लो दुई महिना चैत र वैशाखमा भने राजस्व संकलन बढेको छ।
चालू आवको साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ।
गत आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो भने त्यसको अघिल्लो आव २०८०÷८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन गरेको प्रमुख पौडेलले बताए। नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयातनिर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको प्रमुख पौडेलको भनाइ छ।
नेपालगन्ज भन्सारमा चालू आवको साउन महिनामा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत अर्थात् एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा एक अर्ब ९३ लाख ६४ हजार लक्ष्य रहेकामा ६९.७७ प्रतिशत अर्थात् एक अर्ब ३५ करोड १० लाख ९ हजार संकलन भएको छ।
त्यसैगरी, असोजमा एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७.८३ प्रतिशत अर्थात् एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिकमा दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२.३० प्रतिशत अर्थात् एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मंसिरमा एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३.४५ प्रतिशत अर्थात् एक अर्ब ६३ करोड ८५ लाख १० हजार तथा पुसमा दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा एक अर्ब ६९ करोड ४४ लाख १३ हजार संकलन भएको छ।
यस्तै माघमा ८८.२४ प्रतिशत रहेकामा एक अर्ब ७० करोड एक लाख ८२ हजार, फागुनमा एक अर्ब ९३ करोड ३८ लाख १९ हजार लक्ष्य रहेकामा ८८.३२ प्रतिशत अर्थात् एक अर्ब ९३ करोड, ३८ लाख १९ हजार, चैतमा दुई अर्ब १७ करोड ८१ लाख ९६ हजार लक्ष्य रहेकामा ९८.३७ प्रतिशत अर्थात् दुई अर्ब १४ करोड, २५ लाख ५४ हजार र वैशाखमा दुई अर्ब १५ करोड ८५ लाख दुई हजार लक्ष्य रहेकामा ८५.३८ प्रतिशत अर्थात् एक अर्ब ८४ करोड, २८ लाख २१ हजार संकलन भएको े प्रमुख पौडेलले बताए।
नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३ प्रतिशत, फागुनमा ७३.६८ प्रतिशत, चैतमा ८२.५४ प्रतिशत र वैशाखमा ७७.७२ प्रतिशत राजस्व सङ्कलन भएको थियो।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम