
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवी स्थीत स्थानान्तरीत शाखाको उद्घाटन भएको छ । कात्तिक १२ गते, सोमबारको दिन समुद्घाटन कार्यक्रम सम्पन्न गरेको हो ।
यस शाखा कार्यालयको उद्घाटन कम्पनीका ब्रान्ड एम्बेसेडरद्घय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा सुसम्पन्न गरिएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेका साथै कम्पनीका केहि विभाग प्रमुखहरु, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरहरु, लगायत केहि सिटिजन लिडरहरु र स्थानीयको पनि उपस्थिति रहेको थियो ।
नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्तरिय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पौडेलले बताए । समापनको अवसरमा कम्पनीका ब्राण्ड एम्बेस्डरद्वय मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्यले कम्पनीले आजको मितिसम्म हसिल गरेको सफलतामा उनीहरुलाई गर्व रहेको भावना व्यक्त गरेका थिए । यस संस्थाले सधै आफुहरुलाई धेरै माया गरेको र देशको भरपर्दो लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध रहन पाउदा खुशी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरुलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वोरोजगार भएर जीवन निर्वाह गर्नु भएकोमा बधाई साथै शुभकामना व्यक्त गरे ।
यस कम्पनीले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह