
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो ।
राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियलको नामावलीसमेत अनुमोदन गरेको छ । बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुदलाई भव्य र सफल बनाउन सबै पक्ष एकताबद्ध भएर तयारीमा जुट्न आग्रह गरे ।
बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिवहरू तथा परिषद्का बोर्ड सदस्यहरूको उपस्थिति थियो । बैठकमा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले विभिन्न विषयवस्तु प्रस्तुत गरेका थिए ।













समाचार
लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
बाजुरामा दसैँको चहलपहल: बजारमा भीड, खेतमा व्यस्त किसान
नवरात्रको पाचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
मनसुन बाहिरियो, स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलर र युरो सस्तीयो, पाउण्ड मंहगो हुँदा कुन देशको विनिमयदर कति ?