
काठमाडौं । सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनल अर्थात अन्तिम–१६ मा प्रवेश गरेको हो ।
क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । खेलको ९० मिनेटसम्म कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानडालाई पहिलोपटक प्रिक्वार्टरफाइलनमा पुर्याएका हुन् । खेलभर बल पोजिसनमा दक्षिण अफ्रिका अघि रहेपनि गोल भने गर्न सकेन । दक्षिण अफ्रिका फिनिसिङमा चुक्न पुग्यो । निर्णायक गोल गर्ने स्टेफेन नै प्लेयर अफ द म्याच घोषित भए ।
तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुईपटक नै समूह चरणबाट बाहिरिएको थियो । क्यानडासँग पराजित भएसँगै पहिलोपटक दक्षिण अफ्रिकाले प्रिक्वार्टरफाइनल पुग्ने अवसर गुमाएको छ । क्यानडा समूह ‘बी’ दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समुह ‘ए’ बाट उपविजेता बन्द नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा क्यानडाले अब मोरक्को र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला