
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटीतर्फ प्रसारण अधिकार नेट टिभीले पाएको छ । सोमबार नेपाल क्रिकेट संघको कार्यालयमा बोलपत्र खोल्दा सबैभन्दा धेरै रकम कबुल गरेर नेट टिभीले सो अधिकार सुरक्षित गरेको हो । नेटटिभीले १८ करोड ४ लाख (करबाहेक) को कबुल गरेको थियो । अर्को प्रतिस्पर्धी डीगो स्ट्रिमले १७ करोड (करबाहेक) कवुल गरेको थियो ।
ओटीटीमा वर्ल्डलिंकको लगानी रहेको नेटटीभी र डीस होमको लगानी रहेको डीगो स्ट्रिम गरी दुईवटा मात्र कम्पनीले टेण्डर बुझाएका थिए । नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीले एनपिएल प्रसारणको अधिकार जितेको स्वीकारे । ‘हामीले कवुल गरेको रकम नै सबैभन्दा धेरै छ, अब उहाँहरूले प्रक्रिया पुर्याएर इमेलबाट कर्न्फमेसन दिन्छौं भन्नुभएको छ’ राजभण्डारीले अनलाइनखबरसँग भने ।
नेपाल क्रिकेट संघले ओटीटीमा नेपालभित्रबाट करसहित अधिकतम ४ सय रुपैयाँ, खाडी मुलुकहरुबाट ६ सय रुपैयाँ र अन्य मुलुकबाट १० अमेरिकी डलर शुल्क लिएर ग्राहक बनाउनसक्ने अधिकार ओटीटी प्लेटफर्मलाई दिएको छ ।












समाचार
नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
कीर्तिमानी मूल्यमा हिमालय टीभीले पायो एनपीएल प्रत्यक्ष प्रसारण अधिकार
बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय
धनकुटामा एक वर्षमा १५१ उद्योग बन्द, नयाँ १४८ दर्ता
डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी
जोखिमपूर्ण अवस्थाले खोजी तथा उद्धार अवरुद्ध हुनुहुँदैन : राष्ट्रपति पौडेल
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
सेयर बजार १८ अंकले बढ्यो, कारोबार करिब ४ अर्ब
कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई उडान दोब्बरभन्दा बढी
नबिल म्युचुअल फण्डका योजनाहरूको लाभांश घोषणा, कुनका इकाइधनीले कति पाउँछन प्रतिफल ?