
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा सुदूरपश्चिमले निकै खराब ब्याटिङ गरेको छ । अघिल्ला खेलहरुमा निकै उत्कृष्ट ब्याटिङ गरेर फाइनल पुगेको सुदूरपश्चिमले फाइनमा भने समर्थकलाई निराश बनाउने ब्याटिङ ग¥यो ।
सुदूरले लुम्बिनीलाई जितका लागि ८६ रनको सामान्य लक्ष्य दिएको छ । टस जिेटर पहिले ब्याटिङ गरेको सुदूरले निकै खराब प्रदर्शन गर्दै १९ औँ ओभरमा अलआउट हुँदै ८६ रन मात्रै बनाउन सक्यो । उसका लागि इसान पाण्डेले सार्वधिक ३३ रनको योगदान दिए । त्यस्ते कप्तान दीपेन्द्र सिंह ऐरिले १३ रनको योगदान दिए । त्यस्तै स्कट कुग्गेलिजन र हरमित सिंहले समान १०÷१० रन बनाए भने हेमन्त धामीले पनि १० रनको योगदान दिए । अन्य खेलाडीको प्रदर्श सम्झना लायक रहेन ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले रुबेन ट्रम्पेलम्यानले समान ३÷३ विकेट लिए । रोहितले आजको फाइनलमा ह्याट्रिक नै पुरा गरे । तिलक राज भण्डारीले पनि एक विकेट लिए ।













समाचार
अछाममा चट्याङ लागेर चार जना घाइते
फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा
वाग्मतीमा डेब्रिज थुप्रिनु काठमाडौं डुबानको मुख्य कारण
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न Samsung
कर्णालीमा ‘सरसफाइ तथा स्वच्छता विधेयक’को मस्यौदामाथि छलफल
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
साताको सुन : हप्ता दिनमा ११ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य