
काठमाडौं । भारत भ्रमणमा रहेको नेपाल ए ले प्रभावशाली जित निकालेको छ । भारतको गुवाहाटीमा जारी टी–२० सिरिजको दोस्रो खेलमा नेपाल ए ले आसाममाथि ९६ रनको सहज जित निकालेको हो ।
नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमा अलआउट भयो । आसामका रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए । सिबशंकर रोयले १६ रन बनाए । आसामलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि लेगब्रेक युवराज खत्रीले ४ विकेट लिए । उनले ३.२ ओभरमा १५ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै बाँयाहाते स्पीनर बसिर अहमदले पनि ३ विकेट लिए । कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । देव खनाल र पवन सर्राफले समान ३१–३१ रन बनाए । बसिर अहमदले २७ रन तथा विवेक यादव २६ रनमा अविजित रहे ।
आसामका आकाश सेनगुप्ताले ३ विकेट लिए । अभिनव चौधरीले २ तथा आयुष्मान मलाकार र अभिलाष गोगोइले १–१ विकेट लिए । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो । नेपाल ए ले आसामसँग कुल ५ खेल खेल्नेछ । यसपछिका ३ खेलहरू एसीए रंगशालामा डे÷नाइट रूपमा फ्लडलाइटमा खेलिनेछ ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद