
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिलाई रसुवा बाढीमा हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य रोक्ने कारण बनाउन नहुने बताएका छन् ।
सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विपत्तिका कारण विभिन्न क्षेत्रमा व्यक्ति हराइरहेको अवस्थामा चुनौतीपूर्ण परिस्थितिका बाबजुद खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।
‘कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवम् जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन,’ राष्ट्रपति पौडेलले भने ।
उद्धार कार्यमा संलग्न व्यक्तिहरूले आफ्नो ज्यानको समेत पर्वाह नराखी पीडित तथा प्रभावित नागरिकहरूको उद्धारका लागि अत्यन्त जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको भन्दै उनले प्रशंसा पनि गरे ।
‘वास्तवमा उहाँहरूको अदम्य साहस, समर्पण र सेवाभाव नेपालको उत्कृष्ट मानवीय भावना र राष्ट्रिय चरित्रको प्रतिनिधित्व गर्दछ भन्ने कुरा म गर्वका साथ यहाँ भन्न चाहन्छु,’ राष्ट्रपति पौडेलले भने । राष्ट्रपति पौडेलले रसुवा बाढीबाट प्रभावित नागरिकहरू भएका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगहरूसँग सहकार्य गर्ने पनि बताए ।
‘यस कठिन घडीमा नेपालले सामना गरिरहेको यस विशाल चुनौतीका बीच तत्काल खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरणहरू उपलब्ध गराई द्रुत सहयोग र सहकार्य प्रदान गर्नुहुने हाम्रा छिमेकी मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय समुदायका सम्पूर्ण सदस्यहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु,’ उनले भने ।












समाचार
नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
कीर्तिमानी मूल्यमा हिमालय टीभीले पायो एनपीएल प्रत्यक्ष प्रसारण अधिकार
बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय
धनकुटामा एक वर्षमा १५१ उद्योग बन्द, नयाँ १४८ दर्ता
डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी
‘नेट टिभी’ ले पायो एनपीएलको ओटीटी प्रसारणको अधिकार
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
सेयर बजार १८ अंकले बढ्यो, कारोबार करिब ४ अर्ब
कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई उडान दोब्बरभन्दा बढी
नबिल म्युचुअल फण्डका योजनाहरूको लाभांश घोषणा, कुनका इकाइधनीले कति पाउँछन प्रतिफल ?