
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आम्दानी रु ९३ अर्ब ४३ करोड ६३ लाख हाराहारी देखिएको हो । जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब १० प्रतिशत अर्थात् रु आठ अर्ब २४ करोडले वृद्धि हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजश्वतर्फको कुल प्राप्ति रु ८५ अर्ब १९ करोड ६ लाख र गैरकर राजश्वतर्फको कुल प्राप्ति रु सात अर्ब तीन करोड ४७ लाख छ । त्यस्तै, सरकारले पहिलो महिना रु २४ करोड तीन लाख वैदेशिक अनुदान सहायता लिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनाको बजेट खर्च रु ४१ अर्ब ८८ करोड ५८ लाख रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख बराबरको बजेट ल्याइएको थियो । साउन महिनाको बजेट खर्च वार्षिक विनियोजनको एक दशमलव ९७ प्रतिशत हो । चालु शीर्षकमा यसवर्ष रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख विनियोजन भएकोमा साउन मसान्तसम्ममा एक दशमलव ६८ प्रतिशत अर्थात् रु २१ अर्ब ४० करोड ३८ लाख खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा रु चार खर्ब ३१ अर्ब १० लाख ६३ हजार विनियोजन भएकोमा शून्य दशमलव ३१ प्रतिशत खर्च भएको छ ।
वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म रु १९ अर्ब १५ करोड ३५ लाख खर्च भएको छ । जुन यो शीर्षकमा वार्षिक विनियोजनको चार दशमलव ५३ प्रतिशत बराबर हो ।













समाचार
सोलुखुम्बुका शेर्पालाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासकाे मत
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण