
काठमाडौं । बीमा पोलिसी नविकरण नगर्नेको संख्या १२ लाख नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १२ लाख २४ हजार ४६५ वटा बीमा पोलिसी नविकरण नभएका हुन् ।
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम साढे ११ अर्ब नाघेको छ । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डर मार्फत ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बाहिरिएको हो । उक्त सरेण्डर रकम गत आवको सोही अवधिसम्मको तुलनामा भने ५.४० प्रतिशत कम हो । गत आवको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बाहिरिएको थियो ।
सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको बैशाख मसान्तसम्ममा ८८ हजार ६३५ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको सोहि अवधिमा भने ७६ हजार ४७७ जनाल मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या १३.७२ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने ६.८३ प्रतिशतले बढेको छ । गत आवको बैशाख मसान्तसम्ममा बीमालेख नविकरण नगरिएको रकम ३६ अर्ब ८६ करोड १० लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३९ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ रहेको छ । यता व्यतित बीमालेखको संख्या भने २.३९ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा १२ लाख २४ हजार ४६५ वटा बीमा पोलिसीहरु नविकरण भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख ५४ हजार ४७८ रहेको थियो ।














समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल