
काठमाडौं । बंगलादेशको संसद्ले मिर्जा फखरुल इस्लाम आलमगिरलाई राष्ट्रपति चुनेको छ । करिब ३५ वर्षपछि बंगलादेशको २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको हो ।
सत्तारुढ बीएनपीका तर्फबाट मनोनीत उमेदवार मिर्जा फखरुल २५५ मत प्राप्त गरी राष्ट्रपति निर्वाचित भएका हुन् । उनी सत्तासीन बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका मुख्य विरोधीहरूमध्ये एक हुन् । सन् २०२४ मा विद्यार्थी आन्दोलनपछि शेख हसिनालाई सत्ताबाट हटाइएको थियो ।
आलमगिरले कठिन परिस्थितिमा बीएनपीको नेतृत्व सम्हाल्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनलाई पटक–पटक गिरफ्तार पनि गरिएको थियो । बंगलादेशमा राष्ट्रपतिको पद आलंकारिक छ । यद्यपि, प्रस्तावित सुधारअन्तर्गत देशका शीर्ष नेताहरूबीच सत्ताको सन्तुलन कायम राख्न राष्ट्रपतिको पदलाई थप अधिकारहरू दिन सकिने बताइएको छ ।













समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प