
काठमाडौं । पेरुको दक्षिणी भागमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कम्तीमा दुईजना घाइते भएका छन् । घरहरूमा क्षति भएको छ ।
भूकम्प स्थानीय समयअनुसार बिहीबार दिउँसो १ बजे गएको थियो । यसको केन्द्रविन्दु आयाकुचो क्षेत्रको पारिनाकोचास प्रान्तस्थित उपाहुआचोसहरबाट ३८ किलोमिटर उत्तर–पश्चिममा थियो । भूकम्पको गहिराइ ६६.७ किलोमिटर थियो । दक्षिणी पेरुका इका, अरेकिपालगायत धेरै क्षेत्रहरूमा यसको धक्का महसुस गरिएको थियो ।
अधिकारीहरूले आयाकुचो र कुस्कोका विभिन्न जिल्लाहरूमा रहेका २२ वटा घर, ६ वटा स्वास्थ्य केन्द्र र एउटा विद्यालयमा क्षति पुगेको जानकारी दिएका छन् । पुकियो, पुयो, कोराकोरा, उपाहुआचो, सान पेड्रो र पिचारी सहरहरू छन् । पेरु प्रशान्त महासागरको ‘रिङ अफ फायर’को हिस्सा हो । यो क्षेत्र भूकम्पीय गतिका लागि चिनिन्छ, त्यसैले यहाँ बारम्बार भूकम्प आउने गर्दछ । सन् २००७ मा इका क्षेत्रको एक प्रान्तमा ७.९ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा करिब ६०० जनाको मृत्यु भएको थियो ।












समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित