
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । प्लेअफको दौडबाट बाहिरिसकेको पोखराले अन्तिम खेलमा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको हो ।
चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्याे । पोखराको जितमा एडम वासिंटनले सर्वाधिक ६५ रन बनाए । एडमले अर्जुन कुमालसँग पहिलो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए । अर्जुन ४३ रनमा अविजित रहे । कप्तान कुशल भुर्तेल ४ रनमा आउट हुँदा जेशन रोय ६ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ अली जैव र रिजन ढकालले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए । अल्पेश रामजानी ३३, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक एक विकेट लिए ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै