
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ‘ए’ घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ । अष्ट्रेलियाको मारारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको हो । नेपाल एले जितका लागि दिएको १२३ रनको लक्ष्य पच्छाएको नर्दन टेरिटोरी स्ट्राइकले १५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
नर्दन टेरिटोरी स्ट्राइकले सुरुआतदेखि आक्रामक ब्याटिङ गरेको थियो । डाउट्जी होगेनबोजमले अविजित सर्वाधिक ५० रनको योगदान दिए भने जोर्डन सिल्कले अविजित ४२, कप्तान डार्सी सर्टले २३ रनको योगदान दिए । नेपाल एका पवन सर्राफले तीन ओभरमा १३ रन खर्चेर दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२२ रनको योगफल बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ४१ रन बनाए ।
लोकेश बमले १३ बलमा एक चौका र एक छक्कासहित १६, नारायण जोशीले आठ बलमा एक चौका र एक छक्कासहित १५, कप्तान अनिल साहले नौ बलमा एक चौका र एक छक्कासहित १४ र तृतराज दासले नौ बलमा दुई चौकासहित १३ रन बनाए । राशिद खानले १० तथा कुशल मल्लले नौ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पाँच बल खेल्दै खाता खोल्न नपाई आउट भए भने शाहब आलम र रिजान ढकाल शून्यमा अविजित रहे । यता नर्दन टेरिटोरी स्ट्राइकका लागि हमिस मार्टिनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डार्सी सर्टले समान एक-एक विकेट लिए । नेपाल एले शनिबार बङ्गलादेशको ‘ए’ टोलीसँग खेल्नेछ ।













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै