
काठमाडौं । घरेलु टोली भारतले न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्टमा सामान्य लक्ष्य दिएको छ । दोस्रो पारीमा समालिएको प्रदर्शन गरेको भारतले न्युजिल्याण्डलाई जितका लागि १०७ रनको सामान्य लक्ष्य दिएको हो ।
पहिलो पारीमा विर्सन लायक प्रदर्शन गरेको भारतले दोस्रो पारीमा भने ४६२ रनको योगफल बनाए पछि न्युजिल्याण्डले उक्त लक्ष्य पाएको हो । घरेलु टोलीका लागि सरफराज खानको शतक प्रहार गरे । उनको सतकका बाबजुत पनि भारतले ठूलो लक्ष्य प्रस्तुत गर्न सकेनन् । घरेलु टोली पहिलो पारीमा ३ सय ५६ रनले पछि परेको थियो ।
दोस्रो पारीमा राम्रो सुरुवात गरेको भारतका लागि मध्यक्रमका खेलाडी चल्न सकेनन् । घरेलु टोलीले ४०८ रनमा ३ विकेट गुमाएको अवस्थामा थियो । त्यस पछि बाँकी ७ विकेट मात्र ५४ रनमा गुमायो । घरेलु टोलीका लागि सरफराजले १ सय ५०, ऋषभ पन्तले ९९, विराट कोहलीले ७० तथा कप्तान रोहित शर्माले ५२ रनको योगदान दिए । पाहुना टोलीका लागि रचिन रविन्द्रको शतक सहयोगमा पाहुना टोलीले पहिलो पारीमा फराकिलो अग्रता कायम गरेको थियो ।
दोस्रो पारीमा पाहुना टोलिका लागि म्याट हेनरी र विलियम ओरोर्कले समान ३, अजाज पटेलले २ तथा टिम साउथी र ग्लेन फिलिप्सले समान १ विकेट लिए । त्यसअघि वर्षाका कारण पहिलो दिनको खेल पूर्ण रुपले प्रभावित भएकोले दोस्रो दिन मात्र टस सम्भव भएको थियो । भारतको बेंगलुरुमा टस जितेर ब्याटिङ सुरुवात गरेको घरेलु टोली पहिलो पारी ४६ रनमा समेटियो । घरेलु टोलीका लागि विकेट किपर ब्याटर ऋषभ पन्तले सर्वाधिक २० तथा ओपनर यशस्वी जैसवालले १३ रन जोडे ।
भारतको टेस्ट इतिहासमा कुनै पनि पारीमा बनेको यो तेस्रो कम योगफल हो । पहिलो पारीमा भारतले बनाएको यो सबैभन्दा कमको योगफल हो । भ्रमणकारी टोलीका लागि म्याट हेनरी एक्लैले ५ विकेट लिए । विलियम ओरोर्कले ४ तथा टिम साउथीले १ विकेट लिए । पहिलो पारीमा पाहुना टोलीले ४०२ रन बनाउँदै ३ सय ५६ रनको अग्रता लिएको थियो । टोलीका लागि रचिन रविन्द्रले १ सय ३४ रनको शतकीय इनिङ खेल्दा ओपनर डेभन कन्वेले ९१, टिम साउथीले ६५ रनको योगदान दिए ।
घरेलु टोलीका लागि रविन्द्र जडेजा र कुलदिप यादवले समान ३, मोहम्मद सिराजले २ तथा जसप्रित बुमराह र रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै