
काठमाडौं । म्यानचेस्टर युनाइटेड लिग कपबाट बाहिरिएको छ । युनाइटेड बुधवार भएको खेलमा चौथो श्रेणीको ग्रिम्सबीसँग पेनाल्टी सुटआउटमा १२–११ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
निर्धारीत समयको खेल २–२ को बराबरी भए पनि खेलको निर्णय पेनाल्टीबाट निकालिएको थियो । जहाँ युनाइटेड पराजित भयो । २–० ले पछि परेको खेलको अन्तिम समयमा युनाइटेडले बराबरी गरेको थियो । चाल्र्स भर्नाम २२ औं र टाइरेल वारेनले ३० औं गोल गर्दै ग्रिम्सबीलाई पहिलो हाफमा २–० ले अघि बढाए ।
दोस्रो हाफमा प्रशिक्षक रुबेन अमोरिमले ब्रुनो फर्नान्डेस, ब्रायन एमबेमो र म्याथाइस डि लिग्टलाई मैदानमा उतारेपछि युनाइटेड खेलमा फर्कियो । तर जित निकाल्न भने सकेन र लिग कपबाट बाहिरियो । एमबेमोले ७५ औं मिनेटमा गोल गरेर टोलिलाई खेलमा फर्काए । खेलको अन्तिम मिनेटमा ह्यारी म्याग्वायरले बराबरी गोल गरे ।
अन्य खेलमा एभर्टनले म्यान्सफिल्ड टाउनलाई २–० ले हराउँदै तेस्रो चरणमा स्थान सुरक्षित ग¥यो । फुलहमले ब्रिस्टल सिटीमाथि २–० को जित निकाल्यो । ब्राइटनले भने ठूलो अन्तरको जित निकाल्ने क्रममा अक्सफोर्ड युनाइटेडलाई ६–० ले पराजित ग¥यो ।
वुल्भ्सले वेस्ट ह्यामलाई ३–२ ले र मिलवालले कोभेन्ट्री सिटीलाई २–१ ले हरायो । स्वान्सीले प्लायमाउथसँग १–१ को बराबरीपछि पेनाल्टीमा ५–३ को जित निकाल्यो । त्यस्तै वेरक्सह्यामले प्रेस्टन नर्थ एन्डलाई ३–२ ले हराउँदै ठूलो नतिजा निकाल्यो। सेफिल्ड वेडनेसडे र लिड्स युनाइटेडको खेल १–१ को बराबरीमा सकिए पनि पेनाल्टीमा सेफिल्ड वेडनेसडे ३–० ले विजयी भयो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व