
काठमाडौं। क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। बेन्जामिन सेस्कोले पछिल्ला आठ खेलमा सातौं गोल गर्दै युनाइटेडलाई जित दिलाए। समान अंक भए पनि गोलअन्तरमा अघि रहँदै युनाइटेडले एस्टन भिल्लालाई पछि पारेको हो।
तालिकाको अर्को छेउमा टोटेनह्यामको जितविहीन यात्रा १० खेलसम्म लम्बिएको छ। उसले फुलह्यामसँग २–१ ले हार बेहोर्दै रेलिगेसनबाट जोगिन संघर्ष जारी राखेको छ। नटिङ्घम फरेस्ट पनि ब्राइटन एन्ड होभ एल्बियनसँग २–१ ले पराजित भएपछि ‘ड्रप जोन’बाट टाढा हुन सकेन।शीर्षस्थानको आर्सनलले आइतबार छैटौं स्थानको चेल्सी को सामना गर्नेछ। युनाइटेडको पछिल्लो जितले च्याम्पियन्स लिगमा फर्कने आशा बलियो बनाएको छ। अन्तरिम प्रशिक्षक माइकल क्यारिकले जनवरीमा सिजनको अन्त्यसम्मका लागि जिम्मेवारी पाएयता टोली अपराजित छ।
७ मध्ये ६ जित निकाल्दै उनले दीर्घकालीन प्रशिक्षक बन्ने सम्भावना मजबुत पारेका छन्। यसअघि क्लबले वर्षको सुरुआतमा रुबेन आमोरिमलाई बर्खास्त गरेको थियो। त्यतिबेला युनाइटेडको प्रशिक्षक बन्ने प्रारम्भिक दाबेदारमध्ये एक थिए, ओलिभर ग्लास्नर। उनी हाल प्यालेसका प्रशिक्षक हुन्। ओल्ड ट्राफर्डमा खेलको चौथो मिनेटमै म्याक्सेन्स लाक्रोइक्सले हेडर गोल गर्दै प्यालेसलाई अग्रता दिलाए। तर, ५७औं मिनेटमा लाक्रोइक्सले पेनाल्टी क्षेत्रमा माटेउस कुन्हालाई तानेपछि रातो कार्ड पाए। त्यसपछि ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै टोलीलाई खेलमा फर्काए।
हालैका खेलमा वैकल्पिक खेलाडी सेस्कोले सुरुआती अवसर पाएका थिए। ६५औं मिनेटमा उनले शक्तिशाली हेडरमार्फत निर्णायक गोल गरे र युनाइटेडलाई महत्त्वपूर्ण तीन अंक दिलाए।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम