
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । गत साता करिब साढे २ प्रतिशतले घटेको बजार आज झण्डै २ प्रतिशतले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा १.७१ प्रतिशतले कम हो । आज सेयर बजारमा २५३ कम्पनीको मूल्य घटेको छ भने २१ कम्पनीको मात्रै बढेको छ । आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ६.६८ अंकले घटेर ४४४.२४ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।परिसूचक उच्च अंकले घटेको दिन सेयर बजारमा साढे ३ अर्ब माथिको कारोबार भएको छ । आज ३४७ कम्पनीका ९३ लाख ८ हजार २२५ कित्ता सेयर ६८ हजार १५ पटक खरिद बिक्री हुँदा ३ अर्ब ६४ करोड ११ लाख ७ हजार ४३८ रुपैयाँको कारोबार भएको छ । आज एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग