
काठमाडौं । यो सता नेपाली बजारमा लगातार रुपमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत असार १९ गतेको तुलनामा असार २६ गतेसम्म आइपुग्दा सुनको मूल्य प्रतितोलामा ३ हजार ३०० रुपैयाँले गिरावट भएको हो ।
नेपाल सुनचादी व्यवसायी महासंघकाअनुसार, गत असार १९ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएकोमा असार २६ गतेसम्म आइपुग्दा सुनको मूल्य घटेर २ लाख ८७ हजार ४०० रुपैयाँ आइपुगेको छ । महासंघकाअनुसार, गत असार २१ गते आइतबार अघिल्लो दिनको तुलनामा सुन ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, असार २२ गते सोमबार पनि सुनको मूल्य घटेको थियो । उक्त दिन प्रतितोला ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असार २३ गते मंगलबार पनि सुनको मूल्यले घट्ने क्रम जारी रह्यो । अघिल्लो दिनको तुलनामा उक्त दिन १ हजार ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, असार २४ गते बुधबार पनि सुनको मूल्य घट्ने क्रम रोकिएन । अघिल्लो दिनको तुलनामा उक्त दिन ९०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी, असार २५ गते पनि सुनको मूल्य घट्यो । अघिल्लो दिनको तुलनामा उक्त दिन २ हजार ४०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असार २६ गते पनि सुनको मूल्य २ हजार ७०० रुपैयाँले घटेर उक्त दिन २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।












समाचार
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
सातादिनमा १.९८ प्रतिशतले घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?
विश्वकप फुटबल : बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर