
काठमाडौं । कुमारी बैंक लिमिटेडको नाफा साढे २८ करोड माथि रहेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा २८ करोड ५८ लाख रुपैयाँ पुगेको हो ।
यो गत आवको सोही अवधिको तुलनामा ७२.८५ प्रतिशतले कम हो । गत आकोको सोही अवधिसम्म बैंकको यस्तो नाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । यस वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज रकम गत वर्षभन्दा बढी भएको र सञ्चालन नाफा घटेकाले खुद नाफा समेत प्रभावित भएको हो ।
गत वर्ष ३ अर्ब ५४ करोडभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज चालु आवमा बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै गत वर्ष बैंकको सञ्चालन नाफा २ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेकोमा चालु आवमा घटेर ८५ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको वितरणयोग्य नाफा गत वर्ष ४ अर्ब २० करोड ऋणात्मक रहेकोमा चालू आवमा साढे ६ अर्ब ऋणात्मक भएको छ ।
हाल बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ५ अर्ब ४५ करोड ऋणात्मक र रिजर्भ कोषमा साढे १५ अर्बभन्दा बढी रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेकोमा चाचु आवमा बढेर ६.९८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४३ पैसा रहेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू