
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक एकल अंकले घटेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटि भइन्डेक्स पनि १.११ अंकले घटेर ४६९.८३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । आज एउटा कम्पनीको सेयर मूल्य भने स्थि रहेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ ।
आज सेयर बजारमा ५ अर्ब माथिको कारोबार भएको छ । आज ३१७ कम्पनीका १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर ६९ हजार २४ पटक खरिद बिक्री हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारम एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह