
काठमाडौं । श्री एयरलाइन्सले आईपीओ जारी गर्ने भएको छ । लामो समयदेखि नेपाली आकाशमा सेवा दिइरहेको एयरलाइन्सले आमजनताबाट पुँजी संकलन गर्ने तयारी गरेको हो ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयर निष्कासनमार्फत सर्वसाधारणलाई सहभागी गराउने निर्णय गरेको हो । सन् १९९९ बाट व्यवसायिक उडान सुरु गरेको यस कम्पनीले हाल आन्तरिक हवाइ बजारमा करिब १६ प्रतिशत हिस्सा ओगटेर तेस्रो ठूला सेवा प्रदायकको हैसियत कायम गरेको छ । कम्पनीका प्रमुख लगानीकर्ता सुधीर मित्तल हुन् । हाल मित्तल परिवारकै ९९ प्रतिशतभन्दा बढी स्वामित्व रहेको कम्पनीमा कार्यकारी अध्यक्षका रुपमा सुधीर मित्तलको नेतृत्व छ ।
आगामी असोज २ गते बिहान ११ बजे कम्पनीको वार्षिक साधारणसभा बस्ने कार्यक्रम तय गरिएको छ । सभामा आईपीओ जारी गर्नेसम्बन्धी सम्पूर्ण तयारी, हालसम्मको प्रगति प्रतिवेदन, भावी योजनाबारे छलफल हुनुका साथै कम्पनीको नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गरिनेछ । साथै अघिल्लो आर्थिक वर्षको प्रतिवेदन, लेखापरीक्षण नतिजा र आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्तिसमेत अनुमोदन गरिने एजेन्डा छ ।
श्री एयरलाइन्सले अहिले १० वटा बम्बार्डियर विमान सञ्चालनमा ल्याएको छ । जसमा ३ जेट र ७ टर्बो प्रोप्स (जसमध्ये २ भाडामा लिइएका) छन् । यस्तै, हेलिकप्टर सेवामा ६ एमआई–८ र दुई एयरबस हेलिकप्टर समेत सञ्चालनमा छन् । नेपालगञ्ज र धनगढीलाई बलियो केन्द्र बनाएको कम्पनीले पछिल्लो समय पोखरा, सुर्खेत लगायत क्षेत्रमा नयाँ टर्बो प्रोप्स थप्दै उडान विस्तार गरिरहेको छ ।












समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन